तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एकै दिन ७१ जनामा कोरोनाको संक्रमण

जनकपुरधाम । धनुषा जिल्लामा एकै दिनमा ७१ जना कोरोनाका संक्रमित थप भएका छन् । यो जिल्लामा एक दिनमा थप भएको संख्या हालसम्मकै बढी रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिईएको पि सि आर परीक्षणमा विभिन्न पालिकाहरुमा रहेको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु, ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी, मुख्यमन्त्री कार्यालयका एक कर्मचारी, वैंक तथा वित्तिय संस्थाका कर्मचारी सहित सर्वसाधारणमा कोरोनाको संक्रमण देखिएको छ ।

यसले समुदायमा नै कोरोनाको संक्रमण फैलिईको आशंका गरिएको छ । खास गरेर विभिन्न पालिकाहरुमा रहेका कोरोनाका संक्रमितको खोज तथा स्वाव संकलनमा नै खटिईएका स्वास्थ्यका कर्मचारीहरुमा पनि संक्रमण देखिएकाले संक्रमण समुदायमा गएको अनुमान गर्न सकिने हंशपुर नगरपालिकाका प्रमुख रामध्यान मण्डलले जानकारी दिनु भयो ।

धनुषा जिल्लामा एक दिनमा यतिको संख्यामा पहिलो पटक कोरोनाका संक्रमितहरु फेला परेकोमा अब उच्च सतर्कता अपनाउन आवश्यक रहेको पनि उहाँले जानकारी दिनु भयो । पालिका स्तरका स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि कोरोनाको कन्ट्राक्ट्रसिङ्गमा समस्या आउने अवस्था सृजना भएको पनि नगरप्रमुख मण्डलले जानकारी दिनु भयो ।

यसैगरी, महोत्तरी जिल्लामा ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । प्रदेश नंं २ को सिरहामा २, वारामा ३०, पर्सा जिल्लामा ४९, सर्लाहीमा ३५ र सप्तरीमा ४ जना गरेर २ सय २७ जना व्यक्तिमा थप संक्रमण देखा परेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिनुभयो ।

यसैगरी, आज मात्र विभिन्न जिल्लाको क्वारेन्टाईनमा रहेका १ सय १४ जना कोरोनालाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button