तपाईँ सुन्दै हुनुहुन्छः

सिपिएलमा लामिछानेको उत्कृष्ट प्रर्दशन

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजनमा लिग चरणका १८ खेल सकिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका छन् ।

ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवैको पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले भने आशा र अपेक्षा अनुसार प्रर्दशन गर्नसकेका छैनन् । बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलिरहेका राशिदभन्दा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सन्दीप अगाडि छन् ।

सन्दीपले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर ९ विकेट लिएका छन् । इकोनमी रेट ४.८३ र उत्कृष्ट प्रर्दशन २–८ छ । राशिदले ६ खेलमा २१ ओभर बलिङ गर्दै १ मेडन सहित १ सय ५६ रन खर्चेर ८ विकेट लिएका छन् । इकोनमी रेट ७.४२ र उत्कृष्ट प्रर्दशन २–२४ छ । राशिदको भन्दा सन्दीपको इकोनमी रेट पनि उत्कृष्ट छ ।

सर्वाधिक विकेट लिने सूचिमा जमैका स्पिनर मुजिब उर रहमान छन् । सन्दीपकै टोली जमैकाबाट खेलिरहेका रहमानले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ मेडन सहित ९३ रन खर्चेर १३ विकेट लिएका छन् । इकोनमी रेट ३.८७ को रहँदा उत्कृष्ट प्रर्दशन ३–११ छ ।

काइरन पोलार्ड कप्तान रहेको ट्रीनबेगो नाइट राइडर्स जारी सिपिएलको एकमात्र अपराजित टोली हो । राइडर्स सुरुवाती ६ खेलमा जित सहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ । जुक्स ४ मा जित र २ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । जमैका समान ३ मा जित र हार सहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ ।

बार्बाडोस ४ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । गुयना पनि ४ हार र २ जित सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको सेन्ट किट्सले ६ खेलमा ५ मा हार र १ मा जित बेहोरेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ ।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button