धनुषामा एक साताका लागि निषेधाज्ञा थप
जनकपुरधाम । धनुषा जिल्लामा कोरोनाको संक्रमण बढ्दै भएको र जनस्वास्थ्यमा गंभिर असर पर्ने अवस्थालाई मध्यनजर गरेर जिल्ला सुरक्षा समितिको आज बसेको बैठकवाट एक साताको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेस प्रसाद भट्टराईले जारी गर्नु भएको निषेधाज्ञा आदेश आज मध्य राति १२ बजे देखि लागु हुने गरी भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञाको अवधि रहने भएको छ ।
आज बिहान जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा कोरोनाका महामारी दिन दिनै बढी रहेको भन्दै जनताको स्वास्थ्यको रक्षा गर्नका लागि निषेधाज्ञालाई निरन्तरता दिनका लागि शिफारिस गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाले यस अघि भदौ ७ गते देखि १४ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो । निषेधाज्ञा आदेश विपरितको कसैले गतिविधि गरेको खण्डमा संक्रामक ऐन २०२० को दफा २ अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्