गौरीफन्टा नाकामा भन्सार कार्यालय राख्ने कञ्चनपुरको तयारी
कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले गौरीफन्टा नाकामा कञ्चनपुरको भन्सार कार्यालय स्थापना गर्ने बताउनुभएको छ ।
गौरीफन्टाको सुरक्षा जिम्मेवारी लिएको दुई दिन नबित्दै प्रजिअ खतिवडाले भन्सार स्थापनाका लागि पहल गरेको जानकारी दिनु भएको छ । भन्सारको एउटा पुरानो भवन रहेकोले अहिले त्यहीबाट भन्सार कार्यालय सञ्चालन गर्ने र पछि स्थायी संरचना मार्फत भन्सार कार्यालय सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी खतिवडाले वताउनु भएको छ ।
तत्काल स्थायी संरचना र मालबाहक गाडी पार्किङ गर्ने क्षेत्र नभएकोले गाडी पार्किङका लागि कैलाली भन्सार कार्यालयमा पठाउने, तर भन्सारको सबै प्रक्रिया भने नाकामै सञ्चालन गर्ने तयारीमा भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो छ ।
गौरीफन्टा नाकामा कञ्चनपुरका तर्फबाट सशस्त्र प्रहरीको बीओपी स्थापना गरिसकेको, डोकेबजार नजिकै रहेको प्रहरी चौकीमा प्रहरी दरबन्दी थप गरिसकेको र नेपाली सेनालाई पनि त्यहाँ तैनाथ गर्ने प्रक्रिया अघि बढाईसकेको प्रजिअ खतिवडाले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्