चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराइरहेका भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको भेन्टिलेटरको सहायतामा राखेर उपचार गर्ने क्रममा आज मध्यान्ह १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार मृतक पुरुष भाद्र ४ गते निमोनिया र उच्च ज्वरो आएको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनको श्वास प्रश्वासमा समेत समस्या भएपछि भदौ ७ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डाक्टर लम्सालले जानकारी दिनुभयो ।
यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु भएका १२ मध्य ५ जना मात्र चितवनका हुन् । अन्य ७ जना भने जिल्ला बाहिरका हुन् ।








प्रतिक्रिया राख्नुहोस्