तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना नियन्त्रणमा

सुनसरी । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिकाका २२ वर्षीय सुशील शर्मालाई ब्युरोले शनिवार बेलुका सुनसरीको भीमनगर नाकाबाट नियन्त्रणमा लिएको हो ।

शर्मालाई नाकाबाट ३३ बोतल डाइलेक्स पाँच सय २२ क्याप्सुल स्पास्मोप्रक्सिभन र एक सय क्याप्सुल नाइट्रोजनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साइकलमा भारतबाट लागु औषध लिएर आउँदै गर्दा भण्टाबारी चौक नजिकबाट शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी विरुद्ध लागु औषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button