सल्यानमा थप चार जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २९६ पुग्यो

सल्यान । पछिल्लो २४ घण्टामा सल्यानमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित सबै कुमाख गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा न १ का २७, ४०, ४७ र ५२ वर्षका पुरुषमा कोरोना पुष्टि भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखाका निमित्त स्वास्थ्य प्रमुख सन्देश खड्काले जानकारी दिनुभयो ।
भारतबाट आइ क्वारेनटाइनमा बस्दै आएका १० जनाको कोरोना परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको उहाँको भनाई छ ।
उनीहरूलाई आइसोलेसन कक्ष लुहापिङमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
योसँगै सल्यानमा कोरोना सङ्क्रमितको सख्या दुई सय ९६ पुगेको छ । सङ्क्रमित मध्ये दुई सय ५१ निको भएर घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्