झापाको मेची प्रादेशिक अस्पताल नयाँ भवनमा स्थानान्तरण गरिँदै
झापा । झापा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुरको हाताभित्र सञ्चालनमा ल्याइएको कोभिड–१९ उपचार केन्द्रको नयाँ भवनमा स्थानान्तरण गर्न लागिएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएका बिरामीलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्न ५० शैय्याको कोभिड–१९ उपचार केन्द्र बनाइएको छ ।
अब अस्पतालको निर्माणाधीन भवनमा कोरोना संक्रमित राख्ने तयारी लगभग पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिनुभयो ।
अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत श्रावण १९ गतेदेखि कोरोना संक्रमितको उपचार भइरहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्