तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु

सांकेतिक तस्बिर

भक्तपुर । भक्तपुरमा पहिलो पटक होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।

मृतक पुरुष बिहीबार पीसीआर परीक्षण गरेर शुक्रबार संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आउनुभएको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।

होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको गए राति मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाटग्रस्त संक्रमितको मृत्यु पछि मृतकका परिवारकासदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको खत्रीले जानकारी दिनुभयो । सेनाले शव ब्यवस्थापनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button