तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्जमा उपचारकोक्रममा रौतहटका थप १ सङ्क्रमितको मृत्यु

बीरगञ्ज । वीरगञ्जमा उपचारकोक्रममा आज बिहान रौतहटका थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आज बिहान साढे ७ बजे रौतहट राजपुरतुलसीका ४० वर्षीय सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालमा प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

मधुमेह तथा निमोनियाबाट पीडित ४० वर्षीय पुरुषमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै गण्डक अस्पतालको आइसियुमा उपचार भईरहेका उनको आज बिहान मृत्यु भएकोचौरसीयाले जानकारी दिनुभयो ।

यसअघि हिजो साँझ नारायणी अस्पताल बीरगञ्जको अस्थायी कोभिड बीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा रौतहटका ३० बर्षी एक युवकको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

रौतहट जिल्लाको गम्हरिया वडा नम्बर ३ निवासी ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल बीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो साँझ साढे ७ बजे मृत्यु भएको प्रवक्ता चौरसीयाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button