तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप १ को मृत्यु

फाइल तस्बिर

राजविराज । सप्तरीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६५ वर्षीय महिलाको शनिवार राति उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

लामो समयदेखि ज्वरो आइरहेकी ती महिला केही दिनयता राजविराजस्थित निजी क्लिनिकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रवार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब सङ्कलन गरिएको थियो ।

स्वाब सङ्कलनको रिपोर्ट शनिवार पोजेटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाले जानकारी दिनुभयो । योसहित सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button