सुनकोसीमा पहिरोले चार वटा घर पुर्यो

सिन्धुपाल्चोक । आज बिहानीपख सिन्धुपाल्चोकको सुनडाँडाबाट खसेको पहिरोले सुनकोसी गाउँपालिका वडा नम्बर ६ का चार वटा घर पुरिएका छन् ।
पहिरोले सुनकोसी ६ धुसिनीमा नानीराम भण्डारी,सिताराम भण्डारी र ई बहादुर भण्डारीको घर सहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखर खोला सिँचाइ कुलो पुरेको हो ।

पहिरोले घरसँगै घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहराले जानकारी दिनुभयो ।केही दिनदेखि मानिसहरू अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपायाहरू भने पहिरोमा परेको बोहराले जानकारी दिनुभयो ।
घटना स्थलमा सुरक्षाकर्मीको टोली उद्धारको लागि भर्खरै पुगेकोले क्षतिको विवरण आउन बाँकी रहेको छ । पीडितहरूका लागी प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन मिलाउने घटनास्थल पुग्नु भएका बाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति शरेस नेपालले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्