तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

राजविराज- सप्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६५ वर्षीया महिलाको शनिबार राति उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

लामो समयदेखि ज्वरो आइरहेकी ती महिला केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलनको रिपोर्ट शनिबार पोजिटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर तर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाले जानकारी दिनुभयो । यो समेत गरी सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button