अन्नपूर्ण खेलमैदान पुनःडिजाइन गरिने
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छे« माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।
खेलमैदान स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि डिजाइन फेर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
स्थानीय युवाले दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था रहेको भन्दै डिजाइन फेर्न आग्रह गरेका थिए ।
मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट ५० लाख तथा गाउँपालिकाको पाँच लाख रुपैया बजेट विनियोजन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्