तपाईँ सुन्दै हुनुहुन्छः

राखेपको वार्षिकोत्सवका अवसरमा गरिने सबै कार्यक्रम प्रभावित

काठमाडौं । कोरोना महामारी कारण यस वर्ष राष्ट्रिय खेलकुद परिषद् राखेपको ५७ औं वार्षिकोत्सवका अवसरमा गरीने सबै कार्यक्रम प्रभावित भएका छन् ।

विगतका वर्षहरुमा एक सातासम्म तामझामका साथ मनाइने वार्षिकोत्सव यस वर्ष भने सामाजिक सञ्जालबाट शुभकामना आदान प्रदान गरेर मनाइएको हो ।

५७ औं राष्ट्रिय खेलकुद दिवसका अवगसरमा युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माले सम्पुर्ण खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी, खेल पत्रकार तथा सम्पुर्ण खेलप्रेमीहरुलाई ५७ औं राष्ट्रिय खेलकुद दिवशका अवसरमा शुभाकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री विश्वकर्माले विगतको प्रतिकुल समयका बाबजुद पनि अग्रजहरुले खेल विकासमा जुन योगदान गरेका छन त्यो अविस्मरणीय रहेको बताउनुभयो ।

कोरोना भाइरसले नेपालसँगै विश्वको खेलकुद जगत् प्रभावित भइरहेको बताउहुदैं मन्त्री विश्वकर्माले खेलकुदमा नयाँ चुनौती थपिएको र यो चुनैतीबाट चाँडै पार पाइने पनि बताउनुभयो ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले शुभकामना दिँदै कोरोना महामारी पछि नेपाली खेलकुद पनि पुरानै लयमा फर्किने बताउँनुभयो ।

५७ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिदैं राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले अब चाँडै नेपाली खेलकुदले विगतको भन्दा राम्रो नतिजा आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना भाइरसको महामारीका कारण अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकाले वार्षिकउत्सवका औपचारिक कार्यक्रम हुन नसकेको राखेपले जनाएको छ ।

विगतमा स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गर्ने परम्परा रहेपनि यसवर्ष कोरोनाको प्रभावकार कारण सम्भव नभएको राखेपका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण चैत ११ गतेदेखि नेपाली खेलकुद ठप्प छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button