तपाईँ सुन्दै हुनुहुन्छः

लामो काठमाडौँ बसाइपछि गाउँ फर्किएर कृषि पेशा शुरु

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका सुवीन्द्र गिरी लामो समयको काठमाडौँ बसाइपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा शुरु गर्नुभएको छ ।

राजधानी काठमाडौँस्थित चावहिलमा टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले ३२ लाख लगानी गरेर दूधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गर्नुभएको छ ।

उहाँले गाउँमा कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएर गाई फार्म सञ्चालन गरेको बताउनुभयो ।

करीब ४० रोपनी जग्गामा शुरु गरिएको फार्ममा रहेका सात वटा गाईले दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको र स्थानीय बजारमै खपत हुने गरेको कृषक सुवीन्द्र गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button