तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट प्रादेशिक अस्पताल जनकपुरधाममा दुई जनाको मृत्यु

जनकपुरधाम । दुई जना कोरोना संक्रमितकोे आज उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ ।

महोत्तरीका पिपरा गाउँपालिका वडा नंं ७ का वर्ष ७० को पुरुष तथा महोत्तरीको भंगहा नागरपालिका वडा नंं १ वर्ष ३५ का पुरुषको कोरोनाका संक्रमणले नै मृत्यु भएको प्रादेशिक अस्पतालले पुष्टि भएको छ ।

दुवै जनालाई हिजो मात्र प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरेकोमा उपचार हुँदाहुँदै ३५ वर्षका पुरुषको मृत्यु भएका थियो भने ७० वर्षको बृद्धलाई काठमाडौ रेफर गरिएकोमा लैजाने क्रममा महोत्तरीको बर्दिवासमा मृत्यु भएको प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनु भयो ।

रुघा, खोकी तथा ज्वरो आईरहेका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पतालको कोरोना आकस्मिक कक्षमा भर्ना गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पि सि आर परीक्षणका लागि हिजै स्वाव संकलन गरेकोमा दुवै जनाको रिपोर्ट आज पोजेटिभ आएको छ ।

दुवै जनालाई केही दिन देखि घरमा नै राखेर उपचार हुदै आएकोमा अवस्था गम्भीर बनेपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले रुघा खोकी तथा ज्वरो आएपछि धेरै व्यक्तिहरु परीक्षण नगराएर औषधि पसलवाट सोधेर औषधि सेवान गर्ने गरेको र निको नभएपछि मात्र अस्पताल ल्याउने गरेका कारणले मृत्यु दर बढ्न थालेको डा. सिंहले जानकारी दिनु भयो ।

दुवै जनाको शवको व्यवस्थापन नेपाली सेनाको पहलमा गरिने भएको छ । यो संगै महोत्तरीमा कोरोनाका कारणले हालसम्म आठ जनाको मृत्यु भइसकेको छ भने प्रदेश नंं २ मा हालसम्म ७९ जनाको मृत्यु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button