बैतडीका थप २१ जनामा कोरोना संक्रमण
बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा गाउँपालिकाका १ व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
आज २१ जना थपिएसँगै बैतडीमा संक्रमितको संख्या ३ सय ६३ पुगेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क ब्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो । आज थपिएका संक्रमितहरु मध्ये पाटनका १३ पुरुष तथा ५ महिला, दोगडाकेदारका २ पुरुष र सुर्नयाका १ पुरुष रहेका छन् ।
उनीहरुमध्ये पाटनका सबैजना संस्थागत क्वारेन्टाइनमै रहेका छन् भने, दोगडाकेदार र सुर्नयाका संक्रमितहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
पछिल्लो समय बैतडीका ५ स्थानियतहमा सस्ंथागत क्वारेन्टाइनमा बस्नेहरुको संख्या सुन्य रहेको छ । केही स्थानीयहरुले बस्ने ब्यवस्था मात्रै पालिकाका तर्फबाट गरिदिने र खाना आफ्नै तर्फबाट खानुपर्ने भनेपछि धेरैजसो व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्ने भन्दै धमाधाम घर जान थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्