महोत्तरीमा कोरोना सङ्क्रमणको आशंका गरिएका एक युवकको मृत्यु

बर्दिबास । महोत्तरीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको भंगहा नगरपालिका–१ कविलासीका ३० वर्षीय युवकको उपचारको क्रममा शनिवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
८ दिनदेखि नियमित ज्वरो आउने गरेका उनको घरमै उपचार भइहरेको थियो ।
कोरोनाको शङ्का लागेपछि उनको शुक्रवार स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड फोकलपर्सन एवम् सूचना अधिकारी गिरेन्द्र झाले बताउनुभयो ।
शुक्रवार राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको रआज बिहान उनको मृत्यु भएको कोरोना फोकल पर्सन झाले बताउनुभयो ।
उनको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्