तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १० जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगञ्ज  । बाँकेमा आज थप १० जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको सङ्ख्या ७ सय ३ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज होटल सिटी प्यालेसबाट आइसोलेसनबाट चार  जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट दुई जना, होटल इन्द्रेणीबाट दुई तथा चिसापानी आइसोलेसन र आदर्श नगर आइसोलेसन नेपालगन्जबाट एक/एक जना निको भई डिस्चार्ज भएका हुन् ।

फोकल पर्सन श्रेष्ठका अनुसार अब आइसोलेसनमा बाँकेका दुई सय ६६ र अन्य जिल्लाका एक जना गरी दुई सय ६७ जना छन् । बाँकेमा हालसम्म ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  छ  जनाको कोरोना सङ्क्रमणका कारण  मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button