तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा आज थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४७ की महिलाको उपचारको क्रममा कोभिड आइसीयु कक्षमा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

उनी मृगौला सम्बन्धी रोगले पीडित हुनुहुन्थ्यो । उनी मृगौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएको डाक्टर लम्सालले बताउनु भयो । महिलाको कोरोना टेष्टको लागि भदौ ७ गते पठाईएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो ।
यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ती मध्ये चितवनका ४ जना, कैलालीका १ जना, मकवानपुरका ४ जना र गोरखाका १ जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना संक्रमणका कारण घरमानै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button