‘ग्याङ फाइट’ हुँदा १ को मृत्यु

सुनसरी । मोरङको बेलबारी ५ स्थित लोहन्द्र पुलमा शुक्रवार दिउँसो दुई पक्षबीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
झडपमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएका हो ।
प्रहरीका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबिच झडप भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
मादक पदार्थ सेवन गरेका दुई पक्षबिच बिहीबार बेलुकैदेखि सामान्य विवाद भएको र त्यही विवाद शुक्रवार दिउँसो १ बजे झडपमा परिणत भएको डिएसपी राईले बताए ।
घटनामा परेर सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरूको विराट शिक्षण अस्पतालमा मै उपचार भइरहेको छ । अर्को समूहका चौधरी समेत घाइते छन् । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको डिएसपी राईको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्