तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर भन्सारद्वारा संशोधित लक्ष्यभन्दा बढी राजस्व संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले साउनमा संशोधित लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले साउनमा मात्र २ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सङ्कलन गरेको छ भन्सार कार्यालयले नयाँ लक्ष्यका तुलनामा १ सय ३ प्रतिशतले राजस्व संकलनमा प्रगति गरेको दाबी गरेकोे छ ।

पुरानो लक्ष्य अनुसार यो संकलनमा साँढे ८० प्रतिशत प्रगति गरेको देखिएको छ । कार्यालयका सूचना अधिकृत सुनीता पौडेलका अनुसार विभागले साउन महिनामा कार्यालयले भन्सार महसुलबाट ७४ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबाट १ अर्ब १६ करोड ७५ लाख र अन्तःशुल्कबाट १५ करोड ९४ लाख सङ्कलन गर्ने भनी संशोधित लक्ष्य दिएको थियो ।

गत आर्थिक वर्ष २०७६–०७७ को साउन महिनामा कार्यालयले २ अर्ब ७१ करोड ३६ लाख सङ्कलन गरेर ६८ दशमलव १० प्रतिशतमात्र प्रगति गरेको थियो । विराटनगर भन्सारको चालु आर्थिक वर्षको कुल राजस्व सङ्कलनको लक्ष्य ४६ अर्ब १५ करोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button