संघीय सांसद बोगटी कोरोनामुक्त
अछाम । अछाम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी र उनका स्वकिय सचिवले टोप बहादुर शाही कोरोना जितेर घर फर्किनुभएको छ ।
एक हप्ता अघि कोरोना भाईरसको संक्रमण पुष्टि भएर काठमाण्डौ स्थित आयुर्वेद तालिम केन्द्र किर्तिपुरको आईसोलेशनमा उपचार गराइरहनु भएका अछाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद बोगटी र स्वकीय सचिव शाही पछिल्लो परिक्षण नेगेटिभ आएपछि कोरोना जितेर घर फर्किनुभएको हो । दुबै जनाले आफुहरु कोरोना जितरे घर फर्किएको बताउनुभएको छ ।
उपचारमा रातदिन सहयोग गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्याय, डाक्टर राम अदर यादव, डाक्टर विकासराज घिमिरे, डाक्टर निर्मल भुसाल, नर्स संजिता पोख्रेल, भवानी गजुरेल, इन्दु जोशी लगायत आफुलाई सहयोग गर्ने र मनोबल बढाउन हौसला थप्ने सम्पूर्ण शुभचिन्तकमा उहाँहरुले धन्यावाद ज्ञापन गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्