तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट घाईते भएका शाहीको मृत्यु

अछाम । अछाममा आगलागीबाट घाईते भएका जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का जनक शाहीको उपचारको क्रममा ज्यान गएको छ ।

गत साउन २८ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीमा रतन बहादुर बुढामगरको घरमा पेट्रोल पोखिन गई भएको आगलागीमा घाइते भएका २८ वर्षीय शाहीको कीर्तिपुर अस्पताल, काठमाडौंमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

बुढामगरको घरमा आगो बाल्ने क्रममा पेट्रोल पोखिन गई शाही सहित ४ जना घाईते भएका थिए । आगलागीबाट रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीका ३८ वर्षीय रतन बुढामगर, ३६ वर्षीया पार्वतीदेबी बुढामगर, २० वर्षका भिम बुढामगर र पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का २८ वर्षका जनक शाही घाईते भएका थिए ।

प्रहरीका अनुसार ग्यालेनमा रहेको पेट्रोल हाली आगो बाल्न खोज्दा उक्त पेट्रोल रहेको ग्यालेनको पेट्रोल समेत पोखिएर आगलागी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button