तपाईँ सुन्दै हुनुहुन्छः

सांसद विनोद चौधरीलाई कोरोना भाइरसको सङ्क्रमण

काठमाडौँ – सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ ।

आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button