तपाईँ सुन्दै हुनुहुन्छः

अबैध हातहतियार मुद्दाका फरार सात प्रतिवादी पक्राउ 

सल्यान । अवैध हातहतियार खरखजना मुद्दाका फरार सात प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । झन्डै एक वर्षपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका ५ का ४५ वर्षीय रोशन वली, २० वर्षका लाल बहादुर गिरी, २७ वर्षका प्रकाश गिरी, ४० वर्षका युवराज गिरी, ३५ वर्षका बेल बहादुर गिरी, ४५ वर्षीय झमन सिंह गिरी र ३० वर्षीय दान बहादुर वली रहेका छन् ।

२०७६ माघ १५ गते जिल्ला प्रशासन कार्यालय सल्यानले जनही ६ महिना कैद सजाँय तोकेको थियो । पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानले प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button