तपाईँ सुन्दै हुनुहुन्छः

बीपी प्रतिष्ठानमा २ कोरोना संक्रमितको मृत्यु

सुनसरी । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाका ८३ वर्षीय पुरुष र मोरङ बेलबारीका ५६ वर्षीया महिला रहेका छन् । झापाका वृद्ध बीएण्डसी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ३ गते रिफर गरिएको थियो । मृतकको मृगौलाको दिर्घकालीन र उच्च रक्तचाप मधुमेह समस्या भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

त्यस्तै बेलबारीका महिला कोशी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ९ गते रिफर गरिएको हो । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको प्रतिष्ठानका सापकोटाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button