तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड १९ उपचार केन्द्र विराटनगरमा १ कोरोना सङ्क्रमितको मृत्यु


सुनसरी । कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

सङ्क्रमित महिलाको शुक्रवार मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

सिरहाको लहान घर भएकी ६५ वर्षीया ती महिलालाई बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको शुक्रवार बिहान श्वासप्रश्वासमा समस्या बढेपछि ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button