तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालयको बैठक स्थगित

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । शनिबार विहान ११:००  बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

कोरोना संक्रमण बढ्दै गएको र केही नेता आइसोलेसनमा बस्नु परेकोले बैठक स्थगित भएको बुझिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शनिबार ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि सचिवालय बैठक आव्हान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button