बाराका थप १२ मा कोरोना संक्रमण

बारा । बारामा थप १२ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकामा ७ जना, महागढीमाई नगरपालिकामा २ जना फेटा गाँउपालिकामा १ जना, बारागढी गाँउपालिकामा १ जना र जीतपुर सिमरा उपमहानगरपालिकामा १ गरि जम्मा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश प्रसाद यादवले जानकारी दिनुभयो ।
वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले बताउनुभयो । संक्रमितहरुलाई आइसोलेसनमा राखी उपचार थाल्ने काम भईरहेको प्रहरीको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्