बेलडाँडी गाउँपालिकाको २ नम्बर वडा आजबाट शील

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको २ नम्बर वडा आजबाट एक हप्तासम्मका लागि शील गरिएको छ । समुदाय स्तरमै कोभिड १९ को संक्रमण फैलिएको आशंकामा आज शुक्रबार बिहानै देखि भदौ १८ गते सम्मका लागि पूरै वडा शील गरिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अमर बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा बस्ने बृद्धावस्थाका श्रीमान श्रीमतीलाई नै कोभिड १९ को संक्रमण देखिएपछि तत्काल वडा शील गरिएको र थप चेकजाँचलाई तीब्रता दिइने प्रवक्ता खत्रीको भनाइ छ । यसैबीच, बेलडाँडी गाउँपालिकाले अत्यावश्यकीय कामकाज बाहेक घरबाहिर ननिस्कन सर्वसाधारण नागरिकलाई सार्वजनिक आह्वान गरेको छ ।
काम विशेषले घरबाहिर निस्कनु परेमा सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ । त्यस्तै, आज शुक्रबारदेखि बेलडाँडी बजार र चवन्नी बजार बिहान १० बजेसम्म मात्रै खोल्न व्यापारीहरूलाई आग्रह गरिएको प्रवक्ता खत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्