तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज मेडिकल कलेज मा १ सय बेडको कोरोना डेडिकेडेट वार्ड

बाँके । सरकारको निर्देशन अनुसार कोरोना लेभल ३ अस्पतालका रुपमा सेवा प्रवाह गरिरहेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले सेवा थप प्रभावकारी बनाउन कोरोना डेडिकेडेट वार्ड संचालन गरेको छ ।

बाँकेको कोहलपुरमा एक सय बेडको कोरोना डेडिकेडेट वार्ड सञ्चालनमा ल्याइएको हो । सरकारले गरेको घोषणासँगै कोरोना लेभल ३ अस्पतालका रुपमा सेवा प्रवाह गरिरहेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले सेवा थप प्रभावकारी बनाउन कोरोना डेडिकेडेट वार्ड संचालन गरिएको जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गर्दै सुविधा सम्पन्न कोरोना डेडिकेडेट वार्ड सचालनमा ल्याइएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार, बिहिबार देखि एक सय बेडको कोरोना डेडिकेडेट वार्ड संचालनमा आएको हो ।

उक्त वार्डमा कोरोना भाइरस संक्रमण भएका, लक्षण देखिएका र स्वास्थ्य अबस्था जटिल भएका बिरामीहरुको उपचारका लागि ८ वेडको आई.सि.यु., डायलासिस, भेन्टिलेटर सहितको उपचार सेवा उपलब्ध हुनेछ, डा. कनोडियाका अनुसार, गम्भिर स्वास्थ्य समस्या भएका बिरामीहरुलाई आवश्यकता अनुसार शल्यक्रियाको सुबिधा पनि प्रदान गरिने छ ।

नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई लेबल ३ को घोषणा गरेकै दिन देखि अस्पतालले कोरोनाको संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका गर्भवतीहरुलाई शल्यक्रिया सहित प्रसुति सेवा, तत्कालै सर्जरी गर्नु पर्ने बिरामीहरुलाई सर्जरी सेवा प्रदान गर्दै आएको छ ।

यसअघि नै कोरोना संक्रमित विरामीका लागि आइसियू सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड सञ्चालनमा ल्याएर शंकास्पद बिरामीको उपचार गरिरहेको जानकारी दिंदै डा. कनोडियाले भन्नुभयो, अब लेभल ३ को सेवामा सय बेडको कोरोना डेडिकेडेट वार्ड सञ्चालनमा ल्याउन लागिएको हो ।

पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गर्न लागेको जानकारी दिंदै मेडिकल अस्पतालले ती सबै बेडमा २४ सै घण्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध हुने जनाएको छ ।

कोरोना संक्रमणको जोखिम सुरु भएसंगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सुरक्षा सजकता अपनाउदै कोरोनाका शंकास्पद बिरामी देखि संक्रमित भएर जटिल किसिमको स्वास्थ्य समस्या भएका बिरामीहरुको शल्यक्रिया सहितको उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button