बाँकेमा थप ११ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप ११ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको सङ्ख्या छ सय ९३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज अतिथि होटल आइसोलेसन कोहलपुरबाट चार जना, चिसापानी आइसोलेसनबाट तीन जना, लायन्स डेण्टल अस्पतालबाट दुई तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन र बनकटुवा स्वास्थ्य केन्द्रबाट एक /एक जना निको भई डिस्चार्ज भएका छन ।
अब आइसोलेसनमा बाँकेका दुई सय ५७ र अन्य जिल्लाका एक जना गरी दुई सय ५८ जनारहेको फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा हालसम्म नौ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको उहाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्