तपाईँ सुन्दै हुनुहुन्छः

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पुर्‍याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ ।

शंकरनगरस्थित आइसोलेसन सेन्टर र घरमै आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको नगर प्रमुख वासुदेव घिमिरे जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकामा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९९ जना रहेकोमा ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किएका छन् ।

हाल आइसोलेसनमा ४६ जना मात्र रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ ।

आयुर्वेदिक औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ ।

नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो ।

गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, च्वानप्रास लगायतका आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गर्ने गरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इन्चार्ज प्रकाश ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button