तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

सांकेतिक तस्बिर

बुटवल । रुपन्देहीमा थप १ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा वडा नं ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार भेन्टिलेटरमा उपचार भइरहेको ती सङ्क्रमितको बिहीबार राती मृत्यु भएको हो।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी उनमा उच्च रक्तचापको समस्या थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button