आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको मृत्यु भएको छ । २४ वर्षीय निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फा नामको विष सेवन गराएपछि उपचारका क्रममा शुक्रवार बिहान शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिनुभएको छ ।
निर्मलाको भने कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्