चितवनमा अर्का ५१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु

चितवन । चितवनमा आज थप एक जना ५१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको छ । श्री पुष्पाञ्जली अस्पताल, भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका उनको आज बिहान मृत्यु भएको हो ।
। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको शुक्रवार बिहान १० बजे मृत्यु भएको पुष्टि गरेको छ ।
अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वास समस्या भई अस्पतालमा भर्ना भएका थिए । सो क्रममा उनको स्वाव परीक्षणका लागि पठाइएकोमा भदौ ८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामी दम , निमोनिया लगायत रोगबाट ग्रसित थिए । उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराई राखिएको अस्पतालले जनाएको छ । यो सँगै आज मात्रै चितवनमा दुई जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यसअघि चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।
हेटौँडाकी ती महिलाको आज बिहान मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्