तपाईँ सुन्दै हुनुहुन्छः

जंगली साग खाँदा एकै परिबारका ४ जना बिरामी

बाग्लुङ । जंगली साग खाँदा बाग्लुङको काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् ।

स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको परिवार गम्भिर बिरामी परेका हुन् । उनीहरु अर्धचेत अवस्थामा रहेको धौलागिरी अस्पताल बाग्लुङले जनाएको छ ।

बुधबार साँझ गाउँकै एक जना वृद्धले दिएको साग खाएका उनीहरु राती देखिनै बिरामी परेपछि बिहीबार धौलागिरी अस्पताल बागलुङमा ल्याईएको थियो । चारै जना अर्धचेत अवस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

बिरामी पर्नेमा कँडेलकी ७२ वर्षकी आमा, ३८ वर्षकी श्रीमती र १९ वर्षका छोरा रहेको काठेखोला गाउंपालिका वडा नम्वर ५ का अध्यक्ष शिव प्रसाद कंडेलले जानकारी दिनुभयो ।

कँडेल परिवारलाई जंगली साग दिएका स्थानीय भारतीय पूर्व सैनिक वृद्धसमेत अर्धचेत अवस्थामै रहेको कंडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button