तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ मा चार हजार छ सय ८७ जना संक्रमणमुक्त


रुपन्देही । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ । बिहीबार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । संक्रमितमध्ये पुरुष पाँच हजार ८२ र महिला ९३७ जना रहेका छन् ।

प्रदेश ५ मा एक हजार दुई सय १० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये नौ सय ४५ जना प्रदेशका आइसोलेसनहरुमा उपचाररत छन् भने एक सय ३८ जना क्वारेन्टिनमै रहेका छन् । उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश ५ मा बिहीबारसम्म १८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने एक सय नौ ९ जनाको सामान्य उपचार जारी छ । अरु आइसोलेसनमा छन् ।

प्रदेश ५ मा चार हजार छ सय ८७ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button