तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा कोरोना संक्रमितको उपचारका लागी प्लाज्मा बैंक स्थापना गरिदै

वीरगंज । वीरगन्जमा कोरोना संक्रमितहरुलाइ कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार सुरु गर्न प्लाज्मा बैंक स्थापना गरिने भएको छ ।

वीरगंजको नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र बिच आज प्लाज्मा बैंक स्थापना गर्ने सहमति भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सन्जय कुमार ठाकुरले बताउनुभयो । नागरिक सरोकार समाजको पहलमा भएको छलफल पछि सहमति भएको समाजका सदस्य महेश दासले जानकारी दिनुभयो ।

छलफलमा नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर संजय कुमार ठाकुर, डाक्टर उदय नारायण सिंह , रेडक्रस पर्साका प्रमुख प्रशासकीय अधिकृत उदय राज शर्मा, रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, नागरिक सरोकार समाज पर्साका ओम प्रकाश सरार्फ, महेश दास र प्रकाश थारु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button