प्रदेश १ मा बिहीबार ९० कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा बिहीबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाममा १, र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा २० महिला र १८ पुरुष गरी ३८ जनामा संक्रमण देखिएको छ मोरङको कटहरीमा ३ महिला ४ पुरुष सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।
प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६ जना, मेची अस्पताल झापाबाट ९ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना, कालि सदन आईसोलेसन विराटनगरबाट १ जना र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भए सगैँ प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।
प्रदेश १ मा आज बिहीबार एक हजार सात सय ७३ पीसीआर परीक्षण गरिएका गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आजसम्म ८३ हजार आठ ७५ जनाको पीसीआर परीक्षण भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्