तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

 काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथ अन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको र आगामी चार÷पाँच महिनाभित्रै डिजाइन तयार गरेर तीनै स्थानमा फ्लाइओभर निर्माणको काम चालु आर्थिक वर्ष भित्रै सुुरु गरिने जानकारी दिनुभयो ।

सरकारको आफ्नै लगानी निर्माण गर्न लागेको तीनवटै फ्लाइओभर आगामी वर्षभित्रै निर्माण गरिसक्ने लक्ष्य विभागले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button