गण्डकी प्रदेशमा आज २७ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशको नवलपरासी पूर्वका ३ वटा स्थानीय तहका २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र अन्य जिल्लाका प्रयोगशालाहरुमा गरिएको स्वाब परिक्षणमा प्राप्त विवरण समेटेर प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो संक्रमितको विवरण सार्वजनिक गरेको हो ।
निर्देशनालयका अनुसार गैँडाकोट नगरपालिकामा ८ जना महिला, ७ जना पुरुष र एक बालक संक्रमित भएका छन् ।
कावासोती नगरपालिकामा ३ जना पुरुष र ३ जना महिला , बिनय त्रिबेणी गाउँपालिकामा ३ जना महिला र एक जना पुरुष संक्रमित भएका छन् । सबै संक्रमितहरु समूदायमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्