तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रकलामाथि भएको कुटपिट जघन्य एवं मानवता विरोधी कार्यः राखेप


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले पनि एथलेटिक्सकी कीर्तिमान खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्ले विज्ञेप्ती जारी गर्दै जातीय विभेद गरेर कुटपिट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उपाध्यक्ष शिव कोइरालाले हस्ताक्षर गरेको सो विज्ञेप्तीमा चन्द्रकलामाथि भएको जघन्य एवं मानवता विरोधी कार्य हुनु प्रचलित संविधान कानुन एवं राज्यलाई नै चुनौती दिन खोजेको उल्लेख गरिएको छ ।

संविधान प्रदत्त नागरिक हक अधिकार एवं राज्यलाई समेत चुनौती दिने गरी भएको यो घटनाको दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुन राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण हुन जरुरी रहेको ठहर गरेको छ । कोइरालाले पीडित खेलाडीको सिंघ्र स्वास्थ्य लाभको कामना गर्दै परिषद्बाट आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button