सुनसरीमा फुड बैङ अभियान संचालन

सुनसरी । सुनसरीमा विपन्न परिवारलाई लक्षित गरेर युवाहरुले फुड बैङ अभियान संचालन गरेका छन । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालन गरिएको हो ।
दुहवी युवा समुहले आज विहीबारबाट हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔँ भन्ने अभियानको सुरुवात गरेको अभियन्ता मिलन मालुले बताए । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्छन् भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान्छन् । काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर दुहवीका युवाहरुले यस्तो अभियान सञ्चालन गरेको मालुले बताए ।
पहिलो दिन ५५ जनाले खाद्यान्न लगेको अभियान्ता मालुले जानकारी दिए । दुहवी जनआन्दोलन चौक अगाडि दाल, चामल, नुन, तेल, सोयाबिन लगायत खाद्यान्न राखिएको निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारले सामग्री लगिरहेको, प्रतिपरिवारले १ पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाउँछन ।
साथै इटहरी मिलन चोकमा पनि फुड बैङ्क स्टल सुरु भए यसका लागि अभियन्ता योषा गुरागाईले बताए । सो स्टलमा आफूले सकेको केही न केही सहयोग गरिदिनु हुन इटहरीमा रहनुभएका सबै पत्रकार, साहित्यकार, शिक्षक, कलाकार, व्यवसायी, राजनीतिकर्मी, सहकारीकर्मी, सामाजिक अभियन्ता लगायतमा हार्दिक अपिल गरेका छ ।








प्रतिक्रिया राख्नुहोस्