गर्भवती महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

बारा । बारामा एक गर्भवती महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नं.४ हर्दिया बस्ने वर्ष २३ मृतक महिला गर्भवती थिइन ।
भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनीलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा आज बिहान ६ ः३० बजे उहाँको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस चौरसियाले जानकारी दिनुभयो । योसँगै बारामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्