मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा । बाराको महागढीमाई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी मृत्यु हुनेमा रौतहट निवासी वर्ष ३५ का सुरेश चन्द्र पटेल रहेका छन् ।
मोटसाईकलमा परी गम्भिर घाईते भएका पटेललाई कलैया अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
रौतहट बाट कलैयातर्फ आउदै गरेका पटेल सवार ना ६१ प ६६४० नम्बर को मोटरसाइकल भुतही पुलमा अनियंत्रित भै दुर्घटना भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्