मकवानपुरमा प्रहरी र थुनुवासहित १७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरको हेटौंडामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कीटजन्य रोग तथा अनुसंधान तालिम केन्द्र हेटौंडामा गत भदौ ७ गते संकलित एक सय २१ जनाको स्याब मध्ये थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये दुई जना प्रहरीसहित पाँच जना थुनुवा रहेका छन् । थुनुवाहरु मकवानपुरको थाहा नगरपालिका ७ स्थायी घरका ३०,३० र ५९ बर्षीय पुरुष तथा बाराको जतपुर सिमरा उपमहानगरपालिकाका २८ र २४ बर्षीय पुरुष संक्रमति भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
त्यसैगरी अन्य संक्रमितहरुमा हेटौंठडा -१ का ३८ बर्षीय पुरुष, हेटौंडा-२ का २८ बर्षीय पुरुष, हेटौंडा-४ का १२ बर्षीय बालकसहित ६० बर्षीय पुरुष र ३५ बर्षीया महिला, हेटौंडा- ५ का ४१ बर्षीया महिला, हेटौंडा- ८ का ५६ बर्षीया महिला र हेटौंडाका-१० का दुई जना र नेपाल प्रहरीमा कार्यरत दुुई जना पुरुष संक्रमति भएको पनि उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्