कोरोनाको कारण कपिलवस्तुका एक पुरुषको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा कोरोनाका कारण थप एक जनाको आज विहान मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि ६ गतेदेखि उनलाई बुटवल कोरोना अस्तालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको विरामी रहेका थिए ।
यो संख्या संगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्य तीन पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्